कांग्रेस सांसदलाई मन्त्री बनाइएपछि हरिशरणको चेतावनी-‘याद गर कांग्रेस, बाटो बिराउँदा के हालत हुन्छ?’

कांग्रेस सांसदलाई मन्त्री बनाइएपछि हरिशरणको चेतावनी-‘याद गर कांग्रेस, बाटो बिराउँदा के हालत हुन्छ?’

Harisharan Acharya

पोखरा – गण्डकी प्रदेश सरकारका विभागीय मन्त्रीले नै सरकारको नेतृत्वकर्ता दललाई चेतावनी दिएका छन् । ऊर्जा मन्त्री हरिशरण आचार्यले कृष्णचन्द्र नेपाली पोखरेल सरकारलाई चेतावनी दिएका हुन् ।

गण्डकीमा एक मन्त्री थप गरेपछि त्यसमा जसपा नपर्दा आचार्य रुष्ट भएका हुन् । कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने कुरा सार्वजनिक भएपछि उनले बाटो बिराउँदा के हुन्छ स्मरण गर्न भन्दै फेसबुकमार्फत चेतावनी दिए ।

जनता समाजवादी पार्टीका सांसदसमेत रहेका आचार्यले कांग्रेसले जनता समाजवादीसँगको सहमति तोडेको पनि बताएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढालेर काँग्रेस नेतृत्वमा सरकार बनाउँदा जसपासँग पटक पटक भएको सहमति उल्लंघन भएको छ ।

विश्वासको मत लिनु अघि ४ असारमा निर्णायक शक्ति जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अर्थमन्त्रालयसहित दुई मन्त्रालय दिने भनेर गरेको सहमति काँग्रेसले अनैतिक ढंगले तोडेको थियो । न त अर्थमन्त्रालय दियो, न अर्को मन्त्रीमै सहमति जनायो । अर्थमन्त्री दाबी गर्दै आएका जसपाका हरिशरण आचार्य झण्डै महिनादिन पछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य बने । लाखु लखेटाई लखेट्ने भनेको जसपा तत्काललाई चिसै पानीले नुहाउनु परेको थियो ।

कानुनतः गण्डकीमा १२ वटा मन्त्रालय मात्र बनाउन पाइनेमा सोमबार काँग्रेसकै सांसदलाई मन्त्री बनाइएपछि जसपाले अब अर्को मन्त्रालय नपाउने निश्चित भएको छ । अर्थात्, मन्त्रीकी आकांक्षी धनमाया लामाको मन्त्री बन्ने बाटो लगभग बन्द भएको छ । उनलाई मन्त्री बनाउन अरु कुनै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ । तर, काँग्रेसले जसपालाई पेलेरै अघि बढेको छ ।

अचार्यले कांग्रेस एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै स्वेच्छाचारी हुँदै गएको लेखेका छन् । आचार्यले यसअघि मन्त्री थप गर्दा पनि आचार्य सपथ ग्रहणमै उपस्थित भएनन् ।

जसपाकी धनमाया लामालाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस समेत गरेको थियो तर काँग्रेसले बलमिच्याईं गरेको थियो । कुनै जिम्मेवारी काँग्रेसले नदिएपछि लामाले मन्त्रीहरूको शपथ चलिरहँदा फेसबुकमा स्टाटस लेखेकी थिइन् – ‘कम्युनिस्टको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाउन योगदान गरेकोमा जसपा गण्डकी प्रदेशलाई घोषणा गरेका उपहारहरू एकमुस्ट यता छ है । संसदीय व्यवस्थामा क्या दुरदर्शी हाम्रा नेतागणहरू वाह !’

उनले वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत सार्वजनिक गरेकी थिइन् । सांसद लामाले नै फेसबुकमार्फत – ‘इमान जमान नभएको बेइमानहरूको झुण्ड रहेछ नेपाली कांग्रेस, अब प्रमाणित भयो’ भनेर लेखेकी छन् ।

काँग्रेसले एकपछि अर्को गरी पेल्दा समेत जसपा धम्की दिने तर केही गर्न नसक्ने निरीह जस्तै बनेको छ । सिफारिस कार्यान्वयन नहुने देखिएपछि असार २३ गते जसपाले सरकारबाट समर्थन फिर्ता लिने धम्की पनि दिएको थियो । तर आचार्य फिर्ता पनि नहुने, विरोध पनि गरिरहने जस्तो देखिएको छ ।

धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’

जसपामाथि काँग्रेसको बलमिच्याईं, धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds