जसपामाथि काँग्रेसको बलमिच्याईं, धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’

जसपामाथि काँग्रेसको बलमिच्याईं, धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’

dhan maya lama

गण्डकी प्रदेशमा शुक्रबार ११ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पायो । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेपछि ४० औं दिनमा पूर्णता पाएको हो । यद्यपी, जनता समाजवादी पार्टी (जसपा) भने सन्तुष्ट छैन । ६ मन्त्री नियुक्तिसँगै सपथ समारोहमा जसपाबाट प्रतिनिधित्व भएन । उर्जामन्त्री हरिशरण आचार्य पनि अनुपस्थित रहे । जसपाले सपथ समारोह बहिष्कार नै गरेको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएपछि मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेर गरिएको थियो । लिखित सहमति भउको अर्थमन्त्रालय त काँग्रेसले बुझ पचाएर दिएन नै, दुई मन्त्री दिने भनेकोमा त्यो पनि कञ्जुस्याईं गरेको हो ।

विश्वासको मत लिनु अघि ४ असारमा निर्णायक शक्ति जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अर्थमन्त्रालयसहित दुई मन्त्रालय दिने भनेर गरेको सहमति काँग्रेसले अनैतिक ढंगले तोडेको थियो । न त अर्थमन्त्रालय दियो, न अर्को मन्त्रीमै सहमति जनायो । अर्थमन्त्री दाबी गर्दै आएका जसपाका हरिशरण आचार्य झण्डै महिनादिन पछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य बने । लाखु लखेटाई लखेट्ने भनेको जसपा तत्काललाई चिसै पानीले नुहाउनु परेको हो ।

जसपाकी धनमाया लामालाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस समेत गरेको थियो तर काँग्रेसले फेरि बलमिच्याईं गर्यो । कुनै जिम्मेवारी काँग्रेसले नदिएपछि लामाले मन्त्रीहरूको शपथ चलिरहँदो फेसबुकमा स्टाटस लेखेकी छन- ‘कम्युनिस्टको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाउन योगदान गरेकोमा जसपा गण्डकी प्रदेशलाई घोषणा गरेका उपहारहरू एकमुस्ट यता छ है । संसदीय व्यवस्थामा क्या दुरदर्शी हाम्रा नेतागणहरू वाह !’

उनले वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत सार्वजनिक गरेकी छन् । सांसद लामाले नै फेसबुकमार्फत – ‘इमान जमान नभएको बेइमानहरूको झुण्ड रहेछ नेपाली कांग्रेस, अब प्रमाणित भयो’ भनेर लेखेकी छन् ।

काँग्रेसले एकपछि अर्को गरी पेल्दा समेत जसपा धम्की दिने तर केही गर्न नसक्ने निरीह जस्तै बनेको छ । सिफारिस कार्यान्वयन नहुने देखिएपछि असार २३ गते जसपाले सरकारबाट समर्थन फिर्ता लिने धम्की पनि दिएको थियो । तर अहिलेसम्म फिर्ता भने गरेको छैन ।

जसपालाई मन्त्रालय थप्ने विषयमा केन्द्रीय नेतृत्वले नै छिनोफानो हुने बताइन्छ । अहिले ११ मन्त्रालय रहेकोमा १२ वटा बनाएर लामालाई मन्त्री बनाउन सक्नेछ । तर, केन्द्रिय तहबाट निर्देशन आएमा मात्र लामालाई मन्त्री बनाउने गण्डकी काँग्रेसको भनाई छ ।

सत्ताको बागडोर सम्हालेको काँग्रेसले मन्त्रीपरिषद् विस्तारमा समावेशिताको सिद्धान्त पूरै नकार्यो । ५ मन्त्रालय लिँदा एक जना पनि महिला समावेश गरेन भने दलित समुदायबाट मन्त्री बनाउन ठिक्क हुँदा डोबाटे विश्वकर्मालाई अपमानजनक ढंगबाट फिर्ता पठायो । मन्त्रीको सपथ खान तनहुँबाट हिँडेका विश्वकर्मा पोखरा नआइपुग्दै नाम काटियो । उनको स्थानमा विन्दुकुमार थापा मन्त्री बने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds