घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, आठ जना गम्भीर घाइते

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, आठ जना गम्भीर घाइते

accident

कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन्।

ग १ ज ६९०० नम्बरको बोलेरो जीप कच्ची सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा जीपमा सवार आठ जना गम्भीर घाइते भएका हुन्।  उनीहरुलाई अहिले अस्पताल ल्याउँदै गरिएको छ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले घाइतेहरुलाइ स्थानीय र प्रहरीको टोलीले उद्धार गरी अस्पताल ल्याउँदै गरेको जानकारी दिए। उनले भने – ‘हाम्रो टोली अस्पताल पुगिसकेको छ, थप अपडेट केहीबेरमा थाहा होला। ‘

दुर्घटनामा पर्नेमा दशैंको छुट्टिमा घान्द्रुक घुम्नका लागि हिँडेकाहरु रहेको बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ