Gandak News
Our News Your Views
Promote your business here Gandaknews

घान्द्रुक दुर्घटनाः दशैंमा साथीहरु मिलेर पोखरा घुम्न आए, एक जना मात्रै रहे [भिडियोसहित]

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप कलभीरबाट मोदी खोलामा खसेर दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । मृतकमध्ये जीप चालक कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्रीबाहेक सबै जना २५ वर्ष हाराहारीका युवकयुवती छन् ।

उनीहरु सबैजसो हाल काठमाडौंमै बस्ने गरेको पुष्टि भएको छ। साथीहरु मिलेर दशैं बिदामा पोखरा, घान्द्रुक घुम्न आएका थिए । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार कति जनाको टोली बनेर पोखरा आएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

‘जीप रिजर्भ गरेर घान्द्रुक हिँडेका उनीहरु सबै एकै टोलीका साथीहरु रहेको बुझिएको छ । तर, कति जना आए । उनीहरु कहाँबाट कहाँ भनेर आएका हुन् भन्नेबारे परिवारलाई सम्पर्कमा ल्याई बुझ्ने काम भइरहेको छ ।’ – एसपी थापाले गण्डकन्यूजसँग भने– ‘बाँकी रहेका एक जना पनि घाइते भएकाले उनको स्वास्थ्यलाई मध्येनजर गर्दै थप कुरा सोधिसकेको छैन, बुझ्न बाँकी नै छ ।’ काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन्।

एसपी थापासहित कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य पनि घटनास्थल पुगेर निरीक्षण गरेका थिए । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमा क्षेत्री र एकजनाबाहेक सबै ७ जना २५ वर्ष हाराहारीका छन् । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्री रहेका छन्।

काठमाडौंबाट बसमा आएका उनीहरु पोखरा बागलुङ राजमार्गको नयाँपुल हुँदै ग १ ज ६९०० नम्बरको बोलेरो जीप रिजर्भ गरी घान्द्रुक हिँडेका थिए। जीप घान्द्रुक नपुग्दै हुदु भन्ने ठाउँको कलभीरबाट डेढ सय मिटर तल मोदीखोलामा खसेको हो ।

 

 

 

तस्वीर/भिडियो: अमृत गुरुङको फेसबुकबाट

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस