कालिगण्डी करिडोर निर्माणमा चरम ढिलासुस्ती : ११ वर्षमा बल्ल २८ प्रतिशत काम सकियो

कालिगण्डी करिडोर निर्माणमा चरम ढिलासुस्ती : ११ वर्षमा बल्ल २८ प्रतिशत काम सकियो

kaligandaki-karodoor

लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८ प्रतिशत सकिएको हो ।

आठ वटा उत्तर दक्षिण कोरिडोरमध्ये कालिगण्डकी करिडोर सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।

कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रिकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार २०६६ देखि निर्माण कार्य शुरु भएको थियो । यस करिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरिरहेका छन् ।

यस आयोजनाले ६ वटा जिल्लाको काम हेर्दै आएको छ । त्यसमा नवलपरासी, पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पर्वत रहेका छन् ।

योजनाका लागि भनेर सरकारले २० अर्ब २२ करोड छुट्टाएको थियो । हालसम्मको समष्टिगत प्रगति हेर्दा भौतिक रुपमा २८ प्रतिशत मात्र काम सकिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै वित्तीय रुपमा भने ५ अर्ब ५६ करोड सकिएको छ ।

त्यस्तै यस सडकमा बन्नुपर्ने ३२ वटा पुलमध्ये १६ वटा पुलहरुको निर्माण कार्य पनि सम्मन्न भएको आयोजनाका इन्जिनियर राजिव मानन्धरको भनाइ छ । अरु बाँकी पुलहरु निर्माणाधिन चरणमा रहेका छन् ।

यस खण्डमा २५ देखि ३० वटा ठेक्का निकालेर कामहरु भइरहेको पनि मानन्धरले बताए । यसै खण्डको माथि तिरपर्ने ७० किलोमिटरको ठेक्का लगाउनै अझै बाँकी रहेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ