नेपाल राष्ट्र बैंकले दशैंमा ३० अर्ब रुपैयाँ नयाँ नोट साट्यो

नेपाल राष्ट्र बैंकले दशैंमा ३० अर्ब रुपैयाँ नयाँ नोट साट्यो

nepali money new

नेपाल राष्ट्र बैंकले यो दशैंमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटेको छ । ५०० र १०० दरका १७ अर्ब र १०० भन्दा तलका १३ अर्ब गरी कूल ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले गत असोज ४ देखि २५ गतेसम्म नयाँ नोट सटही गरेको थियो ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी एक जनाले साढे १८ हजार रुपैयाँ साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आफ्ना देशभर रहेका कार्यालय र विभिन्न बैंकहरुमार्फत् नयाँ नोट सटही सुविधा उपलब्ध गारएको थियो ।

राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds