पछिल्लो ४८ घण्टामा कास्कीका ९३ जनाको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु पुष्टि

पछिल्लो ४८ घण्टामा कास्कीका ९३ जनाको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु पुष्टि

Gandaki covid corona 2

पछिल्लो ४८  घण्टामा गण्डकीका ८० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो ४८ घण्टामा गण्डकीका ५१५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६६ जना, तनहुँका तीन जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, पर्वतका एक जना र बाग्लुङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ५९४ पुगेको छ ।

पछिल्लो ४८ घण्टामा गण्डकीबाट ३१९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ४०० पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ८११ छ।

पछिल्लो ४८ घण्टामा गण्डकीका थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्कीका चार जना छन्।

योसंगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३८३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ