पोखराको हेमजामा कारको ठक्करबाट ५५ वर्षीय शिर्पालीको मृत्यु

पोखराको हेमजामा कारको ठक्करबाट ५५ वर्षीय शिर्पालीको मृत्यु

accident-death

पोखरामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

सोमबार पोखरा महानगरपालिका -२५ हेमजास्थित शान्तिचोकमा ग ३ च ४९२२ नंवरको कारको ठक्करबाट पैदल हिंड्दै गरेका म्याग्दी घर भइ हाल सोही स्थान बस्ने ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारको ठक्करबाट गम्भीर भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले ठक्कर दिने कार र कारका चालकलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ