कास्कीका ८८ सहित गण्डकीमा थप १४५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु पुष्टि

कास्कीका ८८ सहित गण्डकीमा थप १४५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका १४५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०४३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८८ जना, तनहुँका सात जना, गोरखाका दुई जना, नवलपुरका तीन जना छन् भने, स्याङ्गजाका २४ जना, पर्वतका पाँच जना, बाग्लुङका १३ जना र म्याग्दी जिल्लाका तीन जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४८५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ४६६ छ।

मंगलबार गण्डकीका थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगर -१० का ४४ वर्षीय पुरुष, पोखरा -२७ निवासी ५० वर्षीया महिला, पोखरा -११ निवासी ७२ वर्षीय वृद्ध, पोखरा -६ निवासी ६३ वर्षीय पुरुष र पोखरा -१२ निवासी ३३ वर्षीय युवक रहेका छन्।

योसंगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३८८ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ