गोरखाको आरुघाट गाउँपालिका १, मान्बु स्थित डुन्डुरेखोलामा बुधबार राति मिनि ट्रक दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । घटनामा परी एक बालिका घाइते भएकी छन् ।
बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रकका चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७, पिठेका ३२ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हाे । ट्रकमा सवार सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङकी छोरी ३ वर्षीया दिब्या गुरुङ घाईते भएकी छन् । उनलाई विहीबार बिहानै एम्बुलेन्सबाट काठमाण्डाै लगिएकाे छ ।
श्रेष्ठले चलाएकाे मिनिट्रक राति १० बजेतिरकाे समयमा कच्ची सडकबाट करिब एक सय ५० मिटर भीरबाट खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए ।
ट्रक बालुवा बोकेर आर्खेतबाट धुन्चेत जाँदै गरेको आर्खेतबाट मनाेज धमलाले जानकारी दिए । निरन्तरकाे वर्षातले बाटो बिग्रिएको र रातीको समयमा जोखिम मोलेर यात्रा गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानियका अनुसार उकालाे बाटाेमा पहिराे खसेकाे थियाे । पहिराे छल्दै ट्रक अघि बढ्दा भीरतिरबाट बाटाे भासिएकाे हाे । कमेरे माटाे बग्दा लाेड गाडी सिधै तल खसेकाे थियाे । बाटाे सफा गर्दै ट्रक अघि बढाउन सवारीधनी राजकुमार ट्रकबाट झरेका कारण उनी दुर्घटनाबाट बचे । ट्रकमा रहेका चालक श्रेष्ठ र नाबालिका छाेरी ट्रकसँगै खसेका थिए । बालिका र चालक ट्रकबाट उछिट्टिएका थिए ।
घटनास्थल पुगेका सुब्बा दाहालका अनुसार चालकले बालिकालाई पनि बचाउन सँगै लिएर ढाेकाबाट हामफाल्ने प्रयास गरेकाे हुनसक्ने अनुमान गरे । दुवै जना बीचमै अड्केका थिए । चालककाे टाउकाे र अनुहारमा गम्भीर चाेट लागेकाे छ । घाईते बालिकाकाे पनि टाउकाेमा चाेट लागेकाे छ भने अवस्था गम्भीर छ ।
उनलाई आरूघाट स्थित आरूचनाैटे प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । चालक श्रेष्ठको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’