बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ बेपत्ता

badhi-malawi

काठमाडौँ । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी आजसम्म मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३७ जना अझै बेपत्ता रहेका छन् ।

बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना बेपत्ता भएका जनाइएको छ ।

 बेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, ६ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ