पोखराको वुद्धचोकस्थित ब्रिटिश वेल्फेयरमा चोरी गरेको आरोपमा युवक पक्राउ

पोखराको वुद्धचोकस्थित ब्रिटिश वेल्फेयरमा चोरी गरेको आरोपमा युवक पक्राउ

bishal-

पोखरा।  वुद्दचोक स्थित ब्रिटिश एकिकृत वेल्फेयरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नुवाकोट जिल्ला विदुर नगरपालिका -३ बट्टार स्थायी घर भइ हाल पोखरा -१० वुद्धचोक बस्दै आएका २० वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारका अनुसार गत कार्तिक ३ गते राति अन्दाजी १०:४८ बजेको समयमा वेल्फेयर सेन्टरको ताला फोडेर नगद लगायत मोवाइल र गहना चोरी भएको थियो। चोरीको सूचना पश्चात खटिएको प्रहरीको टोलीले विशाललाई नगद अठार हजार सहित मोवाइल १ थान र चाँदीको सिक्री दुई थान वरामद गरेको हो।

पक्राउ परेका उनीविरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds