पोखरा । नेकपा एमालेले शनिबारदेखि प्रारम्भिक अधिवेशन सुरु गरेको छ । १० औं महाधिवेशनको संघारमा रहेको एमालेकाे देशभरका वडामा अधिवेशन शनिबार भएकाे छ । एमालेले ९ गते पालिका स्तरीय अधिवेशन गर्दैछ ।
कास्कीका ७२ वडामा कार्यसमिति निर्वाचित भएका छन् । एकाध बाहेक सबैजसाे वडामा अधिवेशनबाट सर्वसम्मतीले नेतृत्व चयन भएको छ ।६५ वडाकाे नतिजा आइसकेकाे छ । बाँकी ७ वडामा आउने क्रममा छ । अन्नपूर्ण, मादी र रुपाका सबै वडामा नतिजा प्राप्त भएको छ । पोखरा महानगरपालिका र माछापुच्छ्रेका केही वडामा निर्वाचन भएकोले नतिजामा ढिलाइ भएको हो ।
पोखरा वडा १ मा रामविक्रम राणा अध्यक्ष बनेका छन् । २ मा दीपक शाह, ३ मा सुरेन्द्र परियार, ४ मा शंकरबहादुर कोइराला, वडा नं ५ विष्णुप्रसाद वराल, ६ मा बलराम पहारी, ७ मा किशोर बराल, १० मा सूर्य बानियाँ, ११ मा मीनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना चयन भए ।
यस्तै, १३ मा नीलकण्ठ सिग्देल, १४ मा बटुकृष्ण कुवँर, १५ मा भोजबहादुर गुरुङ, १७ मा ऋषभ तिमिला, वडा नं १८ पुष्कल थापा, १९ मा विष्णु गौतम, २२ मा राजेन्द्र बराल, वडा नं २४ शिवप्रसाद सुवेदी, २५ मा ऋषिराम पौडेल, २७ मा सूर्यमणि लामिछाने अध्यक्ष छन् ।
वडा नं. २८ मा रामकृष्ण तिवारी, २९ मा प्रमोद भण्डारी, वडा नं ३० कृष्णप्रसाद अधिकारी, वडा नं ३१ चिरञ्जीवी बन्जरा, ३२ मा चिरन्जीवी तिवारी, वडा नं ३३ मा दिपक लामिछाने अध्यक्षमा चयन भएका छन् । बाँकी वडाहरू १६, २०, २१, २३, २६ नम्बर वडाकाे नतिजा आउन बाँकी छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १ मा छविलाल दाहाल, २ मा नारायण भण्डारी, ३ मा महेश्वर पौडेल निर्वाचित भएका छन् । यस्तै, वडा ४ मा कृष्ण केसी, ५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंक सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान गुरुङ अध्यक्ष बनेका छन् ।
यस्तै, मादी गाउँपालिकाका वडा १ मा भीमराज गुरुङ, २ मा कुमार गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा रविमोहन सापकोटा, ५ मा बाबुराम सापकोटा अध्यक्ष बनेका छन् । यस्तै, ६ मा दिलबहादुर क्षत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा लालबहादुर गुरुङ, ९ मा श्रीप्रसाद गुरुङ (गोपाल), १० मा विजय गुरुङ, ११ मा नन्दजंग गुरुङ र १२ मा प्रकाश बराल नेतृत्वमा चयन भएका छन् ।
माछापुच्छ्रे गाउँपालिकामा वडा १ मा अनुप गुरुङ, २ मा हुकुमसिंह गुरुङ, वडा नं ४ टेकबहादुर श्रेष्ठ, ५ मा हुमलाल लामिछाने, ६ मा रुद्रबहादुर केसी, ७ मा कुलप्रसाद भण्डारी, ८ मा कृष्णप्रसाद दवाडी र ९ मा टेकबहादुर श्रेष्ठ वडाध्यक्ष निर्वाचित भए ।
रुपा गाउँपालिका वडा १ मा कृष्णकुमार श्रेष्ठ, २ मा कृष्णप्रसाद ओझा (धनपति), ३ मा दीपेन्द्र गौतम, ४ मा रमेश रेग्मी, ५ मा तिलकबहादुर अधिकारी, ६ मा ज्ञानेन्द्रराज सुवेदी र ७ मा कृष्णबहादुर बिक अध्यक्ष भएका छन् ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले केन्द्रकाे निर्देशन अनुसार शनिबार नै सबैजसाे वडा अधिवेशन सम्पन्न गरेकाे बताएका छन् । अहिलेकाे अधिवेशनलाई एकता अधिवेशन बनाउने साेँच अनुसार अधिकांश वडामा सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएकाे उनकाे भनाइ छ ।
एमालेकाे विधान अनुसार वडा कमिटीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव निर्वाचित हुनेछन्। त्यस्तै गाँउ पालिकाे वडा सदस्य ३१ जना, उपमहानगर पालिकाका लागि ४१ जना र महानगरपालिकाका वडाकाे वडा सदस्यस ५१ सदस्यीय हुनेछन् ।
यि कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएकाे र छ भने कार्यसमिति पूर्ण समावेशी हुने गरी बनाउन विधानले व्यवस्था गरेकाे छ । तर, महिला, दलितहरू यसपटक पनि नेतृत्वमा पुग्न भने सकेनन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)