बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउछौँ– प्रधानमन्त्री देउवा

बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउछौँ– प्रधानमन्त्री देउवा

deuba pokhara

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानका कारण प्रभावित भएकाहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरिने बताएका छन् ।

बाढी पहिरोबाट पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न आज प्रदेश नम्बर–१ का विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री देउवाले विशेष राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उनले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

उनले अहिले स्थगल अनुगमन गरेको र मन्त्रिपरिषद् बैठक बसेर राहत वितरणका लागि थप निर्णय गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ