ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग ४–० गोलले पराजित भएको हो।
पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने चार गोल आएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा अनुभवी टोलीलाई मैदान उतारेका थिए। आयुष घलान, मनिष डाँगी र अभिषेक रिजाललाई स्ट्राइकरमा उतारेको थियो। उनीहरु तीनै जना सिनियर टोलीका सदस्य पनि हुन्।
यसैगरी मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदम्बे र एरिक विष्टलाई प्रारम्भिक टोलीमा मैदान उतारिएको थियो। डिफेन्डर सुरज ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बू थिए। ठकुरी, अर्याल र श्रेष्ठ पनि सिनियर टोलीकै सदस्य हुन्। अनुभवी युवा टोलीले इरानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा इरान पूर्ण रुपमा हावी भएको थियो।
यस जितसँगै समूह ‘बी’मा रहेको इरानले तीन अंक जोडेको छ। इरान समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। नेपालले अब दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अन्तिम खेलमा लेबनानसँग आइतबार खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछ। यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुनेछ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह