पोखरा । स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिबल खेलाडी सम्मानबाट पोखराका क्रियाशील खेलाडी यम राना सम्मानित हुने भएका छन् ।
कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष स्व. उदय बहादुर बस्नेतको स्मृतिमा पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक राष्ट्रिय भलिबल टिमका कप्तान रानालाई प्रदान गर्न लागिएको हो । रानालाई क्लबले यही कार्तिक १३ गते एक कार्यक्रमकाबीच सम्मान पत्र सहित नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
स्रस्टा छनोट समितिका संयोजक योगेन्द्र बहादुर बस्नेत, सदस्य चन्द्र बहादुर खड्का, र भुवन बस्नेतको समितिले गरेको सिफारिस लाई क्लबले अनुमोदन गरेको हो ।
सम्मान का लागि क्लबले १ लाख ११ हजार १ सय ११को अक्षकोष स्थापना गरेको र सोही रकमबाट प्रत्येक वर्ष कास्की जिल्लाका क्रियासिल भलिबल खेलाडीलाई सम्मान गरिने सचिव प्रकाश थापाले बताए । क्लबका मानार्थ सदस्य समेत रहेका पूर्व खेलाडी उदय बहादुर बस्नेतको २०७७ असोज २५ गते निधन भएको थियो ।
यसैविच सोही दिन क्लब ले १२औँ अधिवेशन समेत गर्ने जनाएको छ। कालिका बहुउद्देश्यीय भवनमा हुने अधिवेशन को सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला