कास्की प्रहरीले जुवातास खेलिरहेका सात जनालाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका -१४ बिपी मार्गस्थित खिल बहादुर गुरुङको डेरा कोठामा जुवा तास खेलिरहेका सात जनालाई नगदसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई अठासी हजार नौ सय पच्चिस रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा गोरखा घर भइ हाल पोखरा – १४ बिपी मार्ग बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङ, पोखरा – १३ मियापाटन बस्ने २९ वर्षीय मन्सुर मियाँ, २७ वर्षीय सम्सुल दिन हक र २२ वर्षीय मोहमद आरिन मियाँ, बाग्लुङ घर भइ पोखरा -१४ बस्ने २३ वर्षीया बद्री गुरुङ, स्याङ्जा हरिनाश घर भइ पोखरा- १४ छिनेडाँडा बस्ने २१ वर्षीय रोजन मानन्धर र सिन्धुली जिल्ला दुधौली घर भइ पोखरा- १४ बस्ने वर्ष ३२ वर्षीया मुना बि.क छन्।
नियन्त्रणमा रहेका उनिहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
तस्बिर : वडा प्रहरी कार्यालय रामबजार
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो