प्रधानमन्त्री देउवा लण्डनमा

प्रधानमन्त्री देउवा लण्डनमा

deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायतको लण्डन पुगेका छन् ।

प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेको ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा गएराति लण्डन पुगेका हुन् ।

विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार बेलायतमै रहने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त रहने छन् ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पे्रमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds