‘दोहोरी च्याम्पियन’ को उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीको समुहलाई

‘दोहोरी च्याम्पियन’ को उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीको समुहलाई

dohori

दोहोरी च्याम्पियनको उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले जितेकाे छ ।

शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले उपाधि जितेको हो।  उपाधि सँगै विजयी समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, च्याम्पिएनको दोस्रो उपाधि बालचन्द्र बराल र शोभा कार्कीको टोलीले जितेको छ। लेकसाइडस्थित बाराही घाटमा आयोजना भएको फाइनल प्रतिस्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए । दोस्रो विजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेको छ । सान्त्वना हुने टीमले दुई लाख पाउने आयोजकले जनाएको छ ।

नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको उक्त ‘शो’ को गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको थिए भने निर्णायकमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ