जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी-भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ।
तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको हो।
कोभिड -१९ को संक्रमण अपेक्षित रुपमा घटिनसकेको भन्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र त्यस्ता कार्यक्रम संचालन प्रशासनले आग्रह गरेको छ ।
यस्तै, विज्ञप्तिमा पटका, आतसबाजी, झिरझिरे,भूँईचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न तथा नगराउन र त्यस्ता पदार्थहरुको ओसारपसार र बिक्री नगर्न भनिएको छ ।
यसबाहेक मादक पदार्थको सेवन गरी शान्ती सुरक्षालाई असर पार्ने गतिविधी नगर्न, भीडभाड जन्य गतिविधी गरी समाजमा अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न र मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पूजापाठ लगायतका क्रियाकलाप गर्न प्रशासनले आग्रह गरेको छ। अन्यथा कानून बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो