काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुझाएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन्।
सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीका नाममा सम्बोधन गर्दै उनले दिएको राजीनामा सोमबार साँझै प्रदेश प्रमुखसँग भेटी बुझाएका हुन्।
कलौनीले राजीनामा बुझे लगत्तै स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। शाहीले ३ वर्ष ८ महिना कर्णाली सरकारको नेतृत्व गरी सरकारबाट बाहिरिएका हुन्। अब नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने छन्।
प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
कर्णाली प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ठ बहुमत नरहेकाले मुख्यमन्त्री कलौनीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नेसक्ने प्रदेश सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि २४ घण्टा (मंगलबार राति ७ बजेसम्म)को समय दिएका छन्। कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्व सरकारका मुख्यमन्त्री शाहीले गठबन्धनको अर्को दल नेपाली कांग्रेसलाई सरकार गठन गर्नका लागि राजीनामा दिएका हुन्।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो