सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
कांग्रेस संसदीय दलका नेता शाहीले आजै आफ्नो दलसँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत गठबन्धनका सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गरेका थिए।
सोमवार महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठका लागि दावी पेश गर्न आज रातको ७:३० बजेसम्मको समय दिएका थिए।
संघीय सरकारका पूर्व पर्यटन तथा खानेपानीमन्त्री समेत बनिसकेका जीवनबहादुर शाहीले बाँकी १६ महिना प्रदेश सरकारको नेतृत्व गर्ने छन्।
यस अघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक १५ गते (सोमबार) साँझ ६ बजे कर्णालीवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए।
उक्त राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कलौनीले २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मंगलबार साँझ ७ः३० बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए।
नेपाली कांग्रेस मुख्यमन्त्रीसहित थप दुई वटा मन्त्रालय आफूसँगै राख्ने मनस्थिति बनाएको छ भने यसअघिको शाही सरकारको नेतृत्व गरेको माओवादीले पनि मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय आफैंसँग राखेको थियो।
एकीकृत समाजवादीले भने अघिल्लो सरकारमा सहभागिता हुँदाजस्तै आगामी सरकारमा पनि तीन वटा मन्त्रालय नै चाहिने जनाएको छ।
केही दिनअघि बसेको समाजवादीको प्रदेश कमिटीको बैठकले तीन मन्त्रालय नछोड्ने निर्णय गरिसकेको छ।
प्रदेशसभामा समाजवादीका ३ सांसद छन्। तीनै जनालाई मन्त्री बनाउने तयारी समाजवादीको छ।
माओवादी केन्द्र पनि सकेसम्म ४ नत्र ३ मन्त्रालय लिन चाहन्छ।
सरकारको नेतृत्व छोडेको र गठबन्धनभित्रको पहिलो दल भएकाले पनि धेरै मन्त्रालय पाउनुपर्ने दाबी माओवादीको छ।
तर, नेता शाहीले शपथग्रहणपछि गठबन्धनमा भएको सहमतिअनुसार दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।
सम्बन्धित खबर
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’