नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमाले ओली प्राइभेट लिमिटेड बनेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा बुधबार बिहान आयाेजना गरेकाे दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले अब एमालेमा ओलीको गलत कार्यको विरोध गर्ने कोही नभएको धारणा राखेका हुन्।
त्यस क्रममा उनले भीम रावलले अलिअलि विरोध गर्ने प्रयास गरेको तर उनी निरीह देखिएको बताए। ‘विचरा! भीम रावल, भीम रावल देख्दा माया लाग्छ,’ थापाले भने।
अब एमालेमा अध्यक्ष केपी शर्मा ओलीकाे गलत कार्यशैलीकाे विराेध गर्ने नेता भीम रावल र घनश्याम भुसाल दुई जना मात्र बाँकी रहेकाे नेता थापाले बताए।
नेता थापाले एमालेमा बाँकी सबै बा भन्नेहरु मात्र रहेकाे टिप्पणी गरे।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत