गण्डकीमा २५१ को परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि, २९ संक्रमणमुक्त

गण्डकीमा २५१ को परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि, २९ संक्रमणमुक्त

Gandaki covid corona 5

पछिल्लो २४ घण्टामा गण्डकीका २७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २५१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १० जना, तनहुँका एक जना, नवलपुरका ११ जना, बागलुङका चार जना र पर्वत जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ४४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ५०९ पुगेको छ। अहिले प्रदेशभर ५३४ सक्रिय संक्रमित छन् । भने, गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३९६ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ