पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई दिवंगत उद्योगपति, राजनीतिज्ञ तथा सामाजिक अभियान्त सूर्य बहादुर केसीको परिवारले १० वर्षमा डेढ करोड दिने भएको छ ।
स्व. केसीको परिवारले उनको इतिहासलाई जीवन्त बनाई राख्न एकेडेमीलाई वार्षिक १५ लाख दिने गरी १० वर्षका लागि क्लबसँग सम्झौता गरेको हो । स्व.केसीको प्रथम वार्षिक पूण्य तिथीको अवसरमा एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता भएसँगै एकेडेमीको नामाकरण समेत सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी रहने क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सम्झौतापत्र आदान प्रदान गरिएको हो । २० वर्षदेखि सहाराले आयोजना गर्ने फुटबल प्रतियोगितामा केसी परिवारले प्रमुख प्रायोजन गर्दै पनि आएको छ ।
केसीका छोरा तथा युवा उद्योगपति प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको उन्नयनको लागि सम्झौता गरेको बताए ।
त्यस्तै स्व.केसीका माहिला छोरा किरण केसीले आफ्नो बुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमीसँग जोडिएको उल्लेख गरे । उनले सो अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले २० औं संस्करणको आहा ! रारा गोल्ड माघको ६ देखि १६ गते सम्म हुने घोषणा समेत गर्दै सहारा एकेडेमीलाई स्व.केसीको परिवारले गरेको महत्वपूर्ण सहयोगका लागि आभार प्रकट गरे ।
पोखराबाट फुटबल खेलाडी उत्पादन गर्दै आएको सहारा एकेडेमीमा हाल कठिन परिस्थित र विपन्न वर्गका १४ जिल्लाका २४ बालकहरु आश्रित रहेका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ