नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) मा बसेका १० नेतालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
बिहीबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको ढोका खुला रहेको बताए। उनले एमालेमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
उपाध्यक्ष भीम रावललगायत नेपाल पक्षका १० नेता अन्तिम समयमा एमालेमै बसेका थिए। उनीहरू अहिले पनि १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अब १० बुँदेको अर्थ नरहेको बताउँदै आएका छन्।
त्यसैलाई इंगित गर्दै नेपालले एमाले दबिएर नबस्न १० नेतालाई आग्रह गरेका हुन्। “एमालेमा बसेर पछुताइरहनुभएको छ, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ। त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको?,” नेपालले भने, “एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन। आउनोस्, १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।”
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने बताए। “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन। सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ,” नेपालले भने, “आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ। रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।”
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो