देशभरका ३९३२ जनाको परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण

देशभरका ३९३२ जनाको परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण

Corona update 2

काठमाण्डौ।  पछिल्लो २४ घन्टामा देशभरका १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा २१३४ पिसिआर र १७९८ एन्टिजेन गरि कूल ३९३२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ३९६ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ८१४४ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ