साग भनेर धतुरो खाँदा लमजुङमा एक बृद्धाको मृत्यु, दुई जना बिरामी

साग भनेर धतुरो खाँदा लमजुङमा एक बृद्धाको मृत्यु, दुई जना बिरामी

death body

लमजुङ । लमजुङमा साग भनेर धतुरोको तरकारी खाँदा एक बृद्धाको मृत्यु भएको छ । दुई जना बिरामी भएका छन् ।

जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा स्थानिय ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ । दुबै जना उपचारपछि घर फर्किएका छन् ।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ