गण्डकीका २५० को नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८७ संक्रमणमुक्त

गण्डकीका २५० को नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८७ संक्रमणमुक्त

Gandaki covid corona 2

पछिल्लो २४ घण्टामा गण्डकीका ३२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २५० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७ जना, तनहुँका एक जना, लमजुङका एक जना, नवलपुरका चार जना, स्याङ्गजाका तीन जना, बागलुङका दुई जना र पर्वत जिल्लाका चार जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ५३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ८७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ७१० पुगेको छ। अहिले प्रदेशभर ४२६ सक्रिय संक्रमित छन् । भने, गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३९८ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds