सर्पले डसेका कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १४ वर्षीय छोरा विशाल पौडेलको उपचारका क्रममा १५ महिनापछि ज्यान गएको छ । गत वर्ष २८ साउन, २०७७ को राति घरमै दाइसँग सुतिरहेका विशाललाई कालो करेतले डसेको थियो ।
डेढ महिनापछि मात्र होस आएका विशालको विस्तारै स्वास्थ्य अवस्था सुधार हुँदै गएपनि उनी ठीक नहुँदै कार्तिक २२ गते संसार छाडे । २०६३ असोज ७ गते जन्मिएका विशालको विषालु सर्पले डसेकै कारण १५ महिना ओछ्यानमै संघर्ष गर्दागर्दै असामयिक निधन हुन पुगेको हो । उनी महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययन गर्दै थिए ।
सर्पले डसेपश्चात् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकोमा १२ लाख खर्च गरेपछि परिवारको आर्थिक अवस्थाले नधानेपछि सहयोग संकलन सुरु भएको थियो । विशाल पौडेल बचाउ अभियान नै चलाएर २६ लाख बढी संकलन गरी अभियान स्थगित गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा ४२ दिन उपचारपछि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । कोमाबाट १९ दिनपछि फर्किएका पौडेलको मुख र आँखा चलेपनि ४० दिनसम्म होसमा आउन नसकेपछि चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरेको थियो । शुरुवातमा परिवार आफैँले उपचार खर्चको व्यवस्थापन गरेपनि उपचार प्रक्रिया लम्बिदै जाँदा परिवारले सहयोगको हात थापेका थिए ।
अभियानका संयोजक योगबहादुर क्षेत्री (रवि) सहित देश विदेशबाट भीमकाजी गुरुङ , दुर्गा बहादुर गुरुङ, मिन पाण्डे , खिम बहादुर जिसी , आस्मिन श्रेष्ठ , रामप्रसाद ढुङ्गाना , हामी गर्न सक्छौ सहयोगी हातहरु , राजकुमार बराल , कृष्ण बहादुर क्षेत्री ,झलक पोखरेल , शिव प्रसाद बराल , भोजराज पौडेल , खुम प्रसाद बराल , कास्की समाज बराईन , युवराज बराल , रिकेश गुरुङ , दान बहादुर गुरुङ , दिल गुरुङ , अनिल पौडेल , दिपक परियार ,सन्तोष अधिकारी, सन्तोष अधिकारी (क ), दिलबहादुर क्षेत्री लगायतले रकम जुटाउने अभियानको नेतृत्व लिएका थिए । विशालका आफन्त, दाइ, छिमेकीहरु पनि निरन्तर खटिएका थिए ।

सम्बन्धित समाचारः
कास्की मादीका १३ वर्षीय बालक सर्पको डसाइपछि ४० दिनदेखि आइसीयूमा: रकमको अभाव, सहयोगको अपेक्षा
सर्पले डसेका कास्की मादीका १३ वर्षीय विशालको डेढ महिनापछि होस खुल्यो, उपचारमा रकम अभाव
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो