गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु पुष्टि

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका ३७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४३० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २२ जना, तनहुँका पाँच जना, नवलपुरका नौ जना र बागलुङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ५७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ७६५ पुगेको छ। अहिले प्रदेशभर ४०५ सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, तनहुँका एक जना र कास्की पोखराका एक जना छन्।

थपिएका मृतकसँगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४०१ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ