प्रधानन्यायाधीशलाई आज सर्वोच्च अदालत छिर्न नदिने बारको तयारी

प्रधानन्यायाधीशलाई आज सर्वोच्च अदालत छिर्न नदिने बारको तयारी

Cholendra samsher jabara

काठमाडौँ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।

हिजो सर्वोच्च परिसरमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ । हिजो बारले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके समेत घोषणा गरेको छ ।

बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेतावनी दिएको छ ।

आज सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds