अर्थमन्त्री जनार्दन शर्माले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पोखरा महानगरपालिका-१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको शनिबार निरीक्षण गर्दै उनले हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका हुन्।
विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए। आयोजना उपप्रबन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताए। नहरका माध्यमबाट वर्खाको भल निकासका लागि ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ।
सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिवद्धता व्यक्त गरे। राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई छिटो सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक काम गरिने उनले बताए।
‘बजेट अभावका कारण एयरपोर्ट सञ्चालनमा बाधा पुग्न दिइने छैन। अन्य मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गरिनेछ,ְ’ उनले भने। विमानस्थल सञ्चालनका लागि सार्नुपर्ने पोखराको ल्याण्डफिल साइटका लागि आफूले समन्वय गर्ने अर्थमन्त्री शर्माले बताए । यसैगरी आयल निगमले विमानस्थलभित्र बनाउने भनेको डिपो पनि अझै बनाएको छैन । ‘ल्याण्डफिल साइट सार्ने र डिपो निर्माण गर्न समन्वय हुन्छ,’ अर्थमन्त्री शर्माले भने, ‘पोखरा महानगर र प्रदेश सरकारबाट हुने कामलाई ढिला नगर्न म निर्देशन दिन्छु ।’
पूर्ववत् सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण निर्धारित समयमा पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको छ।
विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग(रनवे) गत वर्ष नै सम्पन्न भएको थियो। टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गरलगायत १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिए।
उनका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायत काम सम्पन्न भएको छ। निर्माणाधीन विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ। २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। विमानस्थलका लागि २०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो