मुस्ताङ हिमपहिरोः ११ जना घाइते, १५० याक र चौंरी बेपत्ता

मुस्ताङ हिमपहिरोः ११ जना घाइते, १५० याक र चौंरी बेपत्ता

Him Pahiro

पोखरा । मुस्ताङमा शनिबार बिहान आएको हिम पहिरोबाट जोगिन भागदौड हुँदा ११ जना घाइते भएका छन् ।

आइतबार बिहान ११ः ४० बजेको समयमा मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सी खोलास्थित मानापाथी हिमालको हिउ पग्लेर हिम पहिरो आएको थियो ।

हिमपहिरो आएको स्थान नजिक रहेका पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ ।

हिम पहिरोबाट जोगिन भागदौड हुँदा जनआर्दश अम्मर सिंह माबिका हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी गरी ११ जना घाइते भएका छन् । उनीहरुको जोमसोममा उपचारपछि घर फर्किएको बताइएको छ ।

यस्तै, स्थानिय जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।

स्थानिय भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौंरीमध्ये १०/१२ वटा मात्र भेटिएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए ।

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त क्षेत्रमा अझै पनि बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनकाअनुसार हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ