गण्डकीका २२३ को परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु पुष्टि

गण्डकीका २२३ को परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका १८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २२३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८ जना, तनहुँका तीन जना, लमजुङका तीन जना, नवलपुरका दुई स्याङ्गजाका एक जना र मुस्ताङ जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ७४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ५५ पुगेको छ। अहिले प्रदेशभर २८१ सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -४ निवासी ६४ वर्षीय पुरुष र मुस्ताङ जिल्ला थासाङ गाउँपालिका -२ निवासी ९१ वर्षीय पुरुष छन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४०७ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ