नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ र कोइरालाले २०९ मत प्राप्त गरे ।
यसैगरी, पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ (माइला दाई) र निर्मल ढुंगाना विजयी भएका छन् । गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरे । उपसभापतिमै प्रतिस्पर्धा गरेका दीपक कुमार आलेले २०१ र लक्ष्मीदेवी पौडेलले १३५ मत प्राप्त गरे ।
यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन् । शिवले २८२ र ध्रुवले २७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरे ।
यसैगरी, सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए । सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे ।
कास्की क्षेत्र नं १ (ख) मा कृष्ण प्रसाद कोईराला निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।
नेपाली कांग्रेस कास्की नं २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य विजयी भएका छन् । आचार्यले १२१ मत प्राप्त गर्दा अर्का पराजुलीले ९१ मत ल्याएका हुन् ।
यसैगरी, दुई उपसभापतिमा माधव प्रसाद बराल र चेतबहादुर महत विजयी भएका छन् । बरालले १४९, महतले ११८ र प्रतिस्पर्धी षडानन्द लामिछानेले १०४ मत प्राप्त गरे ।
पार्टीको दुई सचिवमा टंकप्रसाद भण्डारी र नारायण प्रसाद शर्मा विजयी भए । भण्डारीले १२७, शर्माले ११७ मत र प्रतिस्पर्धी राजेश गौतमले १०५ मत प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा मर्सानीले प्रतिस्पर्धी सुवास सिग्देललाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । मर्सानीले १४२ मत प्राप्त गरेर विजयी हुँदा सिग्देलले १२० मत प्राप्त गरे ।
यस्तै, पार्टीको उपसभापतिमा सरिता पराजुली १५१, होमबहादुर बानियाँ १५० मतका साथ विजयी भए भने प्रतिस्पर्धी बोधराज घिमिरेले १४१ मत प्राप्त गरे ।
सचिव पदमा सुवर्ण केसी र शिरषकुमार बाँस्तोला विजयी भए । केसीले १४४ र बाँस्तोलाले १३३ मत प्राप्त गरे । सचिवमा प्रतिस्पर्धा गरेका श्रीकृष्ण आचार्यले १०४ र जंगबहादुर हमाल ठकुरीले ९८ मत प्राप्त गरे । यसैगरी, सहसचिवमा निलम बाटाजू कर्माचार्य र सुरेश खवास निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । शुक्रबार भएको मतदानमा ३३२ मत खसेको थियो । जसमा पाण्डेले १६६ र पौडेलले १५६ मत प्राप्त गरे ।
यसैगरी पार्टीको दुई उपसभापतिमा मोतीलाल तिमिल्सिना र दिलिप गिरी विजयी भएका छन् । तिमिल्सिनाले १९२ र गिरीले १५३ मत प्राप्त गरे ।
उपसभापतिमै प्रतिस्पर्धा गरेका धनबहादुर थापाले १३८ र रामबहादुर जिसीले ८४ मत प्राप्त गरे । यस्तै, सचिवमा गंगाबहादुर गुरुङ १६८ र प्रकाशचन्द्र सापकोटाले १५८ मत प्राप्त गरी विजयी भए भने विनोद केसीले ९६ र सरोज कुमार गुरुङले ११० मत प्राप्त गरे ।
यसैगरी सहसचिव पदमा अनिल गुरुङले १७० र विष्णुप्रसाद अधिकारीले १६५ मत प्राप्त गरी विजयी भए । अन्य प्रतिस्पर्धी तिलकबहादुर खड्काले ९१ र मिनराज तिमिल्सिनाले ११९ मत प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शंकर) विजयी भएका छन् । शुक्रबार भएको मतदानमा उनले प्रतिस्पर्धी दीपकवीर कुँवरलाई भारी मतान्तरले पराजित गरेका हुन् । कूल ४०२ मतमध्ये पौडेलले २२७ र कुँवरले १२४ मत प्राप्त गरे ।
पार्टीको दुई उपसभापतिमा पार्वतीदेवी कोइराला र पदमबहादुर गुरुङ विजयी भएका छन् । कोइरालाले १९०, गुरुङले १८८ र प्रतिस्पर्धी विकास गुरुङले १६५ र विनोद खड्काले १०० मत प्राप्त गरे ।
यसैगरी सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी विजयी भएका छन् । बरालले १७४, भण्डारीले १७० र प्रतिस्पर्धी शुक्रराज पौडेलले १५४ र उपेन्द्रराज पराजुलीले ९८ मत प्राप्त गरे । यस्तै, सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी विजयी भए । गुरुङले २६४, सुवेदीले २०० प्राप्त गरे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती