गण्डकीमा १६६ को परीक्षण गर्दा २१ जनामा संक्रमण, थप ३ को मृत्यु पुष्टि

गण्डकीमा १६६ को परीक्षण गर्दा २१ जनामा संक्रमण, थप ३ को मृत्यु पुष्टि

Gandaki covid corona 4

पछिल्लो २४ घण्टामा गण्डकीका २१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका तीन जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८ जना, नवलपुर चार जना र स्याङ्गजा जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार २२८ पुगेको छ। अहिले प्रदेशभर २०८ सक्रिय संक्रमित छन् ।

मंगलबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेहरुमा लमजुङ जिल्ला क्होलासोथर गाउँपालिका -७ निवासी ४८ वर्षीया महिला, कास्की जिल्ला पोखरा महानगरपालिका -३० निवासी ७१ वर्षीया वृद्धा र पोखरा -२२ निवासी ६३ वर्षीय पुरुष छन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१२ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ