पोखराका युवा व्यवसायी राजु गुरुङको निधन

पोखराका युवा व्यवसायी राजु गुरुङको निधन

Raju Gurung

पोखराका युवा व्यवसायी राजु गुरुङको निधन भएको छ । पोखरामा होटल व्यवसाय गर्दै आएका ३८ वर्षीय गुरुङको मंगलबार साँझ फेवासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

करिव एक सातअघि उच्च रक्तचापका कारण एक्कासी ढलेपछि उनलाई अस्पतालमा भर्ना गरिएको बुल्सम्यान क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिएका छन् । राजु शारिरीक सुगठनका लागि कार्यरत संस्था बुल्सम्यान क्लबका उपाध्यक्षसमेत हुन् ।

पर्वत महाशिला गाउँपालिका स्थायी घर घएका राजुले पोखरामा व्यवसाय गर्दै आएका थिए । गुरुङको परिवारमा श्रीमती, एक छोरा, एक छोरी र आमा छन् ।

उनको आज तमु प्लेु संघ स्थित गुम्बामा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ