कास्कीका ९ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

कास्कीका ९ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

corona covid gandaki

पछिल्लो २४ घण्टामा गण्डकीका १७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीका नौ जना, तनहुँका एक जना, नवलपुर पाँच जना, स्याङ्गजाका एक जना र पर्वत जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३१ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार २५९ पुगेको छ। अहिले प्रदेशभर १६९ सक्रिय संक्रमित छन् ।

बुधबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा तनहुँ जिल्ला घिरिङ गाउँपालिका -५ निवासी ६३ वर्षीया महिला छिन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ