लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

rape-sexual-abuse-784×441

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरे पनि महिला हिंसाका घटनामा कमी आएका छैनन् । सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।

यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र सम्मुनत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन शुभकामना दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ