काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।
विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरे पनि महिला हिंसाका घटनामा कमी आएका छैनन् । सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।
यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र सम्मुनत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन शुभकामना दिएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु