पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिका लागि प्रतिष्पर्धामा उत्रेका पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलाे र दाेस्राे मत ल्याउनेबीच पुनः मतदान भएकाे छ । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच निर्वाचन गरिएकाे हाे ।
पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शनिबार बिहान १० बजेबाट सुरु मतदान ४ बजे सकिएकाेमा ७ बजेबाट मतगणना हुने भएकाे छ । पोखरा उद्योग वाणिज्य संघ हलमा सभापति र पदाधिकारी तथा सदस्यहरुको पनि मतगणना हुने भएको हो ।
कास्कीमा २ हजार ८८ मतदाता छन् । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको थियो । पुनः मतदानमा शनिबार १९ सय २६ मत खसेको छ । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।
शुक्रबारचाहिँ पहिला सभापतिका उम्मेदवारको मात्रै मतगणना गरिएको थियो । शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए ।
केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए । चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याए ।
सभापतिका दाबेदारमध्ये आइबहादुर अहिलेका उपसभापति, सुदीपराज सचिव र पोषनाथ पूर्वसचिव हुन् । किशोरदत्त र गिरिराजले कास्की १ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन् । किशोरदत्तले एक नेता, एक उद्यमशीलताको नारासहित उम्मेदवारी दिएका छन् । कुनै गुटमा नरहेको भन्दै आफ्नो समूह भनेकै सिंगो नेपाली कांग्रेस भएको बताउँदै बराल चुनावी मैदानमा छन् ।
आइबहादुर, पोषनाथ र गिरीराजले थाेरै मत ल्याएर बाहिरिएपछि सुदीपमाेहनकाे समर्थन गर्दै विज्ञप्ति निकाले । उनीहरूकाे विज्ञप्तिले कार्यकर्ताहरू भड्किएका छन् । सुदीपमाेहनकाे समर्थनमा यसरी विज्ञप्तिबाजीमै उत्रनु थियाे भने पहिल्यै ३ जनाले किन सुदीपमाेहनकाे समर्थन नगरेकाे ? भन्दै कार्यकर्ताहरू बिच्किएकाे देखिए । विज्ञप्तीबाजीले सुदीपमाेहनलाई उल्टै घाटा हुने हाे कि भन्नेमा सुदीपमाेहनकै समर्थकहरू चिन्तित छन् ।

सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु