पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याएका बरालले दोस्रो चरण जीत सुनिश्चित गरे ।
पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका ३ जनाको समर्थन पाएका उम्मेदवार सुदीपमोहन भट्टराईलाई हराउँदै कार्यकर्ताले बराललाई जिल्ला नेतृत्व सम्हाल्ने जिम्मा दिएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण काँग्रेसको विधान अनुसार शनिबार फेरि मतदान भएको थियो । दोस्रो पटकको मतदानमा १ हजार ९ सय २६ मत खसेकामा बरालले ९ सय ९५ मत पाउँदा भट्टराई ९ सय १५ मतमा सीमित रहे । बरालले शुक्रबारको मतदानमा ६ सय ४४ र भट्टराईले ४ सय ७२ मत प्राप्त गरेका थिए ।
सभापतिको लागि बराल, भट्टराई सहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम चुनावी मैदानमा थिए । गुरुङले ४ सय ६२, शर्माले ३ सय ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।
हारेका ३ जनाले विज्ञप्ति नै निकालेर भट्टाराईको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । तर, मतदाताले त्यो आग्रहलाई लत्याउँदै बराललाई सभापतिमा निर्वाचित गरे ।
आइबहादुर, पोषनाथ र गिरीराजले थोरै मत ल्याएर बाहिरिएपछि सुदीपमोहनको समर्थन गर्दै विज्ञप्ति निकालेका थिए । उनीहरूको विज्ञप्तिले कार्यकर्ताहरू भड्किएको सन्दर्भ गण्डकन्यूजले हिजै सार्वजनिक गरेको थियो । सुदीपमोहनको समर्थनमा यसरी विज्ञप्तिबाजीमै उत्रनु थियो भने पहिल्यै ३ जनाले किन सुदीपमोहनको समर्थन नगरेको ? भन्दै कार्यकर्ताहरू बिच्किएको देखिएका थिए ।

विज्ञप्तीबाजीले सुदीपमोहनलाई उल्टै घाटा हुने हो कि भन्नेमा सुदीपमोहनकै समर्थकहरू चिन्तित थिए । पहिले आफै लड्ने र हारिसकेपछि सुदीपमोहनका लागि विज्ञप्तीबाजी गर्दा दोस्रो दिन लाइनमा उभिएर मतदान गर्ने कार्यकर्ताहरु रुष्ट देखिन्थे । बरालबाहेक सबै नेता संस्थापन इतरका हुन्
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)