कास्कीको अन्नपूर्णमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको लु १ ख ७७६६ नंवरको बस मंगलबार बिहान अन्दाजी ६:५० बजे अन्नपूर्ण गाउँपालिका -३ पाउँदुरमा दुर्घटना हुँदा एकको मृत्यु हुनुको साथै ८ जना घाइते भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुन्दर तिवारीले बताए।
मृतक हुनेमा बसका चालक पाल्पा घर भएका अन्दाजी वर्ष ४५-४६ का भुपेन्द्र भनिने भुपनाथ खनाल रहेका छन्। खनालको पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो। खनाललाई बसले च्यापिएको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको थियो ।

प्रवक्ता तिवारीका अनुसार बस सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। बसले स्थानीय जुम काजी विकको गोठ, भान्सा घर, ट्वाइलेटमा क्षति पुर्याएको छ।
घाइते हुनेमा बाग्लुङ नगरपालिका -६ लहरे पिपल बस्ने २९ वर्षीय शिवराम शर्मा, बाग्लुङ ठुलढुङ्गा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बाग्लुङ नगरपालिका -१४ वलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ र उनका वुवा ८५ वर्षीय उमलाल श्रेष्ठ, बाग्लुङ आवारोड बस्ने -४२ वर्षीया सुवर्ण सापकोटा, पर्वत फलेवास -४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवन जिल्ला भरतपुर -३ राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय र कास्की अन्नपूर्ण -३ पाऊँदुर बस्ने (घर धनी) माया विक रहेकी छन्। उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तिवारीले बताए।
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय कास्की
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प