बागलुङका ३८ वर्षीय पुरुषसँगै गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि, २९ जनामा संक्रमण

बागलुङका ३८ वर्षीय पुरुषसँगै गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि, २९ जनामा संक्रमण

corona

पछिल्लो २४ घण्टामा गण्डकीका २९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३२१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका नौ जना, लमजुङका एक जना, नवलपुरका एक जना, बागलुङका आठ जना, पर्वतका दुई जना र म्याग्दी जिल्लाका आठ जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३४१ पुगेको छ। अहिले प्रदेशभर १७६ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -२५ निवासी ६३ वर्षीय पुरुष र बागलुङ जिल्ला बागलुङ नगरपालिका -७ निवासी ३८ वर्षीय पुरुष छन्। आज थप भएका मृतकसँगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ