मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट र पूर्ण खोप अनिवार्य

मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट र पूर्ण खोप अनिवार्य

mustang

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा तथा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्ति मुस्ताङ जान पाउने छैनन् ।

मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जनाइएको छ ।

बैठकले सार्वजनिक ठाउँ, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा धेरै भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

जिल्लामा गएराति १२ बजेदेखि २९ गतेसम्म राति १२ बजेसम्म लागू हुने गरी कडाइ गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds