बागलुङ । शरिरको अमुल्य वस्तु मध्ये रगत पनि एक हो । नेपालमा रगतको अभावमा कैयौं मानिसहरुले ज्यान गुमाएका खबरहरु हामीले बेला बखतमा सुनिरहेका र देखिरहेका छौं ।
नागरिकले स्वस्थ जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गर्दै रोट्रयाक्ट क्लव अफ गलकोटले हटिया बजारमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाईटी बागलुङले प्राविधिक सहयोग गरेको थियो ।
गलकोट नगरपालिका ३ को हटिया बजारमा भएको कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् । ’रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सङ्चालन गरिएको संस्थाका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनले नगरबासी नागरिक जसले रगतको अभावमा समस्या झेल्नुका साथै मृत्युको मुखमा पुग्नु पर्ने बाध्यता झेलिरहनु भएको छ उहाँहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको बताए । यो आफैमा परोपकारी कार्य भएकोले नागरिकको हितमा यसले टेवा पुराउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताएकी छन् । “पछिल्लो समय ग्रामीण क्षेत्रमा युवाहरु विदेशिने क्रम बढदो छ, भएका युवाहरु पनि सामाजिक कार्यमा खासै रुचि राख्दैनन यो उदाहरणिय कार्य हो सबैले अनुसरण गर्नुपर्छ“ नगर उपप्रमुख काउचाको भनाई छ । युवाहरुले सामाजिक कार्यमा देखाएको सकृयता र रचनात्मक कार्यमा गलकोट नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने उनले प्रतिवद्वता समेत जनाईन् ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा गलकोट नगर स्थित कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी सहित सर्वसाधारण सहभागी थिए ।
क्लवले कोरोना माहामारीको समयमा जिल्लाको गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा हेल्प क्याम्प सञ्चालन, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग लगायतका सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । कार्यक्रम संस्थाका सचिव कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण