बागलुङमा भोलिदेखि मतदाता नामावली संकलन गरिँदै

बागलुङमा भोलिदेखि मतदाता नामावली संकलन गरिँदै

111-743×418

बागलुङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ ।

बुधबार जिल्ला स्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले यहि मंसिर १७ गते (भोलि) देखि  मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराए ।

ढुङगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४ सय ७० जना नयाँ थपिने बताए । उनले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिए । पहिलो चरण कार्तिक १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताए ।

पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिए ।

मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताए । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुङगानाले बताए ।

मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानु पर्ने उनको भनाई छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफु रहेको ठाउँबाट पनि दर्ता गर्न सक्ने छन् ।

२०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ