गण्डकीका ११४ जनाको परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १७ संक्रमणमुक्त

गण्डकीका ११४ जनाको परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १७ संक्रमणमुक्त

corona-Update

पछिल्लो २४ घण्टामा गण्डकीका ९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका दुई जिल्लाका छन् । जसअन्तर्गत कास्कीका आठ जना र स्याङ्गजा जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३८७ पुगेको छ। अहिले प्रदेशभर १५० सक्रिय संक्रमित छन् ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ