आजेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने

आजेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले आज (शुक्रबार)देखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

यसअघिको मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको हो ।

मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन हुनेछ । त्यस्तै, तराई र काठमाडौँ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ