मुस्ताङ र म्याग्दीमा हिमपात

मुस्ताङ र म्याग्दीमा हिमपात

manang himpat (5)

मुस्ताङ । मुस्ताङमा गएरातिदेखि हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो ।

म्याग्दीको गुर्जालगायत उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात शुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।

मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा पानी परिरहेको छ । वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ ।

मुस्ताङमा यो सिजनमा दोस्रो पटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ ।

हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ